राष्ट्रिय बाल अधिकार दिवस आज मनाइँदै


काठमाडौँ । ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ।

बालमैत्री वातावरण निर्माण गर्दै बाल अधिकारको प्रवर्द्धन गर्न नागरिक समाज तथा सबै सरोकारवालालाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल अधिकार दिवस मनाइन्छ।

भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा धनजनको क्षति भएको छ। बाढीका कारण अभिभावक गुमाएका, बेपत्ता भएका तथा स्वयं घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार, राहत र संरक्षणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दका अनुसार त्यस्ता बालबालिकालाई अस्थायी संरक्षण, मनोसामाजिक परामर्शलगायतका सेवा उपलब्ध गराउन राज्य तल्लीन छ।

दिवसका अवसरमा राष्ट्रिय बाल अधिकार परिषद्लगायत विभिन्न संघसंस्थाले विविध कार्यक्रम आयोजना गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको