गौशाला-८ का बाढीपीडित परिवारलाई जलेश्वरका युवाको राहत


महोत्तरी। रसुवामा आएको बाढीबाट प्रभावित महोत्तरीका परिवारलाई सहयोग गर्ने उद्देश्यले जलेश्वरका युवाहरूले सञ्चालन गरेको राहत अभियानअन्तर्गत गौशाला नगरपालिका–८ निवासी सीतबहादुर लुङ्गेलीको परिवारलाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको छ।

जलेश्वरका युवाहरूको पहलमा सञ्चालन गरिएको अभियानबाट सङ्कलित सहयोगमार्फत पहिलो चरणमा बाढी प्रभावित परिवारलाई आवश्यक खाद्यान्न सामग्री उपलब्ध गराउन थालिएको हो।

राहत हस्तान्तरण कार्यक्रममा अभियानमा संलग्न युवाहरूको सहभागिता रहेको थियो। अभियानमा सुमन चौधरी, राहुल शर्मा, प्रशान्त झा, शिवम झा, शिवली अन्सारी, विवेक चौधरी, राजेश महतो, सञ्जय मण्डल, सत्रोहन ठाकुर, अभिषेक महतो, मुरारी पाण्डे र आकाश पासवानलगायत युवाहरूको सक्रिय सहभागिता रहेको जनाइएको छ।

अभियानकर्मीहरूका अनुसार राहत अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ। पहिलो चरणमा रसुवा बाढीबाट प्रभावित १० परिवारलाई खाद्यान्नलगायत आवश्यक राहत सामग्री उपलब्ध गराउने लक्ष्य राखिएको छ।

बाढीबाट प्रभावित परिवारलाई स्थानीय स्तरबाटै तत्काल सहयोग पुर्‍याउने उद्देश्यले अभियान सञ्चालन गरिएको युवाहरूले बताएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको