महोत्तरी चेम्बर अफ कमर्सद्वारा भोटेकोसी बाढीपीडितका लागि ६१ हजार सहयोग


महोत्तरी। महोत्तरी चेम्बर अफ कमर्सको पहलमा भोटेकोसी क्षेत्रमा बाढीबाट प्रभावित तथा पीडित परिवारको सहयोगका लागि ६१ हजार रुपैयाँ आर्थिक सहयोग संकलन गरिएको छ।

मानवीय सेवाको उद्देश्यले सञ्चालन गरिएको सहयोग अभियानमार्फत चेम्बरले विभिन्न सहयोगी व्यक्ति तथा मनकारी दाताबाट उक्त रकम संकलन गरेको हो। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको महोत्तरी चेम्बर अफ कमर्सका अध्यक्ष सुधिर अग्रवालले जानकारी दिनुभयो।

बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले अभियान सञ्चालन गरिएको अध्यक्ष अग्रवालले बताउनुभयो। विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्नु सामाजिक तथा मानवीय दायित्व भएकाले चेम्बरको पहलमा सहयोग अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ।

अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबै सहयोगी व्यक्ति तथा संस्थाप्रति महोत्तरी चेम्बर अफ कमर्सले धन्यवाद तथा आभार व्यक्त गरेको छ। चेम्बरले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार सामाजिक तथा मानवीय सेवाका गतिविधिलाई निरन्तरता दिने जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको