रसुवा बाढी प्रभावित महोत्तरीका परिवारलाई जलेश्वरका युवाको राहत अभियान


जलेश्वर। रसुवामा आएको भीषण बाढीबाट प्रभावित महोत्तरीका परिवारलाई सहयोग गर्ने उद्देश्यले जलेश्वरका सचेत युवाहरूले सञ्चालन गरेको चन्दा संकलन तथा राहत अभियानअन्तर्गत आजदेखि राहत वितरण कार्य सुरु गरिएको छ।

सुमन चौधरीको नेतृत्वमा राहुल शर्मा, शिवम झा, विवेक चौधरी, प्रशान्त झा, आकेश पासवान, संजय मण्डल, शिवली अंश्वरीलगायत युवाहरूको सक्रिय सहयोगमा सञ्चालन गरिएको अभियानको पहिलो दिन जलेश्वर नगरपालिका-७, महादेवपट्टीका बाढी प्रभावित परिवारलाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो।

अभियानकर्मीहरूका अनुसार संकलित सहयोगबाट पहिलो चरणमा १० वटा प्रभावित परिवारलाई राहतस्वरूप खाद्यान्न सामग्री उपलब्ध गराइनेछ। साथै, राहत अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने बताइएको छ।

अभियानका नेतृत्वकर्ता सुमन चौधरीले विपद्को समयमा पीडित परिवारलाई स्थानीय स्तरबाटै सहयोग गर्नुपर्ने भन्दै सबैलाई मानवीय सहयोग अभियानमा जोडिन आग्रह गरेका छन्।

युवाहरूको पहलमा सञ्चालन भएको यस अभियानले रसुवा बाढीबाट प्रभावित महोत्तरीका परिवारलाई तत्काल राहत तथा खाद्यान्न सहयोग पुर्‍याउने उद्देश्य राखेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको