महोत्तरीमा बाढीले बगाउँदा किसानको मृत्यु


बर्दिबास।  महोत्तरीमा खोलामा आएको बाढीले बगाउँदा एक किसानको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरु प्रसाद तिमिल्सिनाका अनुसार मृत्यु हुनेमा बर्दिबास नगरपालिका-५ का टंकबहादुर बस्नेत रहेका छन्।

बुधबार बिहान करिब ३ बजे खेतमा सिँचाइका लागि राखिएको मोटर निकाल्न गढन्ता खोलाको किनार पुगेका बस्नेतलाई अचानक आएको बाढीले बगाएको प्रहरीले जनाएको छ।

बिहानसम्म पनि घर नफर्किएपछि परिवारका सदस्यले खोजी गर्दा खेतदेखि करिब तीन किलोमिटर दक्षिणतर्फ उनको शव फेला परेको थियो।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको