गौशालामा विद्यालय बस दुर्घटना, पाँच विद्यार्थीसहित ६ जना घाइते


महोत्तरी। महोत्तरीको गौशाला नगरपालिकामा मंगलबार बिहान विद्यालय बस दुर्घटना हुँदा पाँच विद्यार्थीसहित ६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बिहान करिब ७:३० बजे गौशाला नगरपालिका-९ डुमरवाना स्थित भित्री सडकमा इमली बजारबाट गौशालातर्फ जाँदै गरेको मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बा१क ६१२९ नम्बरको बस अनियन्त्रित भई उखुबारीमा खसेको हो।

दुर्घटनामा बस चालक गौशाला-५ निवासी करिब ४० वर्षीय विजय भुजेल घाइते भएका छन्। साथै गौशाला-११ निवासी महेश्वर महतोका १० वर्षीय प्रतिक कुशवाहा, ८ वर्षीय प्रज्वल कुशवाहा र १३ वर्षीया प्रिति कुशवाहा, गौशाला-९ निवासी शेख जावेदका १३ वर्षीय उमर शेख तथा गौशाला-११ निवासी रमेश कुमार महतोका ६ वर्षीय आदर्श कुशवाहा पनि घाइते भएका छन्।

प्रहरी चौकी कान्तिबजारबाट खटिएको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि बीके अस्पताल गौशाला तथा स्थानीय मेडिकलमा पठाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेले जानकारी दिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको