काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका(२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक केशव केसीका अनुसार मंगलबार बिहान ९स्३० बजे पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
पहिरोका कारण सडकखण्डमा सवारीसाधन नचलेपछि चीनसँगको प्रमुख व्यापारिक नाका ठप्प भएको छ ।
सडक भासिएको र माथिबाट खन्न नमिल्ने भएकोले वाल लगाएर नउठाइ सडक संचालनमा समस्या हुने प्रहरीले जनाएको छ ।









