टुटेश्वरनाथ महादेव मन्दिरमा गृहमन्त्री गुरुङद्वारा पूजा-अर्चना


बर्दिबास। गृहमन्त्री सुधन गुरुङले महोत्तरीको बर्दिबास नगरपालिका-५ स्थित टुटेश्वरनाथ महादेव मन्दिरमा पूजा-अर्चना गर्नुभएको छ। देशमा शान्ति, भाइचारा र सहिष्णुता कायम रहोस् भन्ने कामना गर्दै उहाँले मन्दिर परिसरको अवलोकन गर्नुका साथै सुरक्षा व्यवस्था र साउन मेलाको व्यवस्थापनबारे जानकारी लिनुभएको हो।

टुटेश्वरनाथ महादेव मन्दिरका पुजारी श्रीचन दासले विशेष पूजा गराउनुभएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजाराम यादवले जानकारी दिनुभयो। त्यसपछि गृहमन्त्री गुरुङले टुटेश्वरस्थित श्री रत्न छोलिङ गुम्बामा पुगेर गौतम बुद्धको मूर्तिमा धूपबत्ती बाल्दै पूजा गर्नुभएको थियो।

प्रतिनिधिसभा सदस्य प्रमोद कुमार महतोका अनुसार ऐतिहासिक तथा धार्मिक महत्व बोकेको टुटेश्वरनाथ महादेव मन्दिरको संरक्षण र विकासका लागि पुरातात्त्विक अध्ययन आवश्यक रहेको विषयमा गृहमन्त्रीलाई जानकारी गराइएको छ।

साउन महिनाभरि टुटेश्वरनाथ महादेव मन्दिर परिसरमा भव्य मेला लाग्ने गर्दछ। उक्त मेलामा नेपाल र भारतका लाखौं भक्तजन बोलबमको जयघोष गर्दै दर्शनका लागि आउने गरेका छन्।

गृहमन्त्री गुरुङसँगै प्रतिनिधिसभा सदस्य प्रमोद कुमार महतो, शिव यादव, राजकिशोर महतो, महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायतको उपस्थिति रहेको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको