गोलबजार तनावग्रस्त : प्रदर्शनकारी गणेश यादवको शव प्रहरीले उठायो, प्रदर्शन जारी


सिरहा। सिरहाको गोलबजारमा बिहीबार दिउँसो प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव प्रहरीले साँझ सडकबाट उठाएको छ।

गोली लागेर मृत्यु भएका यादवको शव आफन्तले दिनभर सडकमै राखेर प्रदर्शन गरेका थिए। उनीहरूले दोषीमाथि कारबाही र घटनाको निष्पक्ष छानबिनको माग गर्दै शव नउठाउने अडान लिएका थिए।

साँझतिर प्रहरीले शवलाई एम्बुलेन्स/शववाहनमा राखेर पोस्टमार्टमका लागि लगेको हो।

झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका औरही गाउँपालिकाका अन्दाजी १५ वर्षीय गणेश यादवको उपचारका क्रममा मृत्यु भएको थियो।

घटनापछि गोलबजार क्षेत्र अहिले पनि तनावग्रस्त बनेको छ। सम्भावित अप्रिय घटना रोक्न ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। शव उठाइए पनि प्रदर्शन भने अझै जारी रहेको जनाइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको