पर्साको आँप बगैंचाबाट १४० किलो गाँजा बरामद


वीरगञ्ज। पर्साको छिपरमाई गाउँपालिका-१, मिर्जापुरस्थित एक आँप बगैंचाबाट प्रहरीले १४० किलो गाँजा बरामद गरेको छ।

शनिबार राति लुकाएर राखिएको गाँजाबारे प्राप्त विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बलको मिर्जापुरस्थित बोर्डर आउट पोस्ट (बीओपी) को संयुक्त टोलीले छापा मारेर गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार खानतलासीका क्रममा आँप बगैंचाभित्र घाँसमा लुकाएर राखिएको १३ वटा पोकामा रहेको १४० किलो गाँजा फेला परेको थियो।

घटनास्थलबाट कुनै पनि व्यक्ति पक्राउ नपरेको प्रहरीले जनाएको छ।

गाँजा कसले लुकाएको र यसको ओसारपसारमा संलग्न व्यक्तिको खोजीका साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको