जलवायु जनचेतनाका लागि कांग्रेसको ‘ग्रिन रन’ सम्पन्न


काठमाडौं — नेपाली कांग्रेसले जलवायु परिवर्तनप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा ‘ग्रिन रन’ आयोजना गरेको छ। जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा कांग्रेसका नेता, कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित पाँच किलोमिटर लामो दौड ‘जलवायु जनचेतना जगाउन जुटौँ’ भन्ने नारासहित सम्पन्न भएको हो। कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरू सहभागी भएका थिए।

प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माका अनुसार दौडपछि जावलाखेलस्थित फाल्चामा ‘जलवायु परिवर्तनको चुनौती स् निराकरण कसरीरु’ विषयमा विज्ञहरूको सहभागितामा समूहगत छलफल आयोजना गरिनेछ। सोही अवसरमा जलवायु परिवर्तनका चुनौती र सम्भावनालाई चित्रमार्फत प्रस्तुत गर्ने उद्देश्यले चर्चित चित्रकारहरूले प्रत्यक्ष पेन्टिङ पनि गर्नेछन्।

कांग्रेसले साउन ७ गते ‘नवीन परिस्थिति स् नवीन संकल्प, नवीन अभियान’ शीर्षकमा राष्ट्रिय सभागृहमा विचार गोष्ठी आयोजना गर्ने कार्यक्रम समेत तय गरेको छ।

यस्तै, ‘ग्रिन रन’मा सहभागीको संख्याका आधारमा प्रतिव्यक्ति निश्चित रकम पार्टीको कोषबाट जम्मा गरी ‘मानवीय सहयोग कोष’ स्थापना गर्ने घोषणा पनि गरिएको छ। उक्त कोषबाट हालै विस्थापित भएका सुकुम्बासी परिवारका वृद्धवृद्धा तथा बालबालिकाको हितमा सहयोग गरिने कांग्रेसले जनाएको छ।

बीपी कोइरालाको स्मृति दिवसलाई केवल औपचारिक श्रद्धाञ्जलिमा सीमित नराखी वातावरण संरक्षण, जलवायु सचेतना र सामाजिक उत्तरदायित्वसँग जोड्ने प्रयासस्वरूप कांग्रेसले यस वर्ष विभिन्न कार्यक्रम आयोजना गरेको जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको