विमानस्थलमै पत्रकार सम्मेलन गर्न खोजेपछि दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लियो


काठमाडौं –  मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र पत्रकार सम्मेलन गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएर घर पुर्‍याएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईका अनुसार प्रसाईंले विमानस्थलको निषेधित क्षेत्रभित्र पत्रकार सम्मेलन आयोजना गर्न खोजेका थिए। सुरक्षा संवेदनशील क्षेत्र भएकाले त्यहाँ कुनै पनि सार्वजनिक कार्यक्रम गर्न नपाइने व्यवस्था रहेको छ।

प्रहरीले निषेधित क्षेत्रभित्र कार्यक्रम गर्न लागेको भन्दै प्रसाईंलाई नियन्त्रणमा लिएको र त्यसपछि भक्तपुरस्थित उनको निवाससम्म सुरक्षित रूपमा पुर्‍याएको जनाएको छ।

प्रसाईंले गणेश नेपालीको न्यायको माग गर्दै विमानस्थलमै विशेष सम्बोधन गर्ने तयारी गरेका थिए। तर सुरक्षा नियम उल्लंघन हुने देखिएपछि प्रहरीले कार्यक्रम हुन नदिएको हो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको