काठमाडौं। बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्काल उद्धार गरी वीर अस्पताल पुर्याइएको थियो। अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिए पनि उनको केहीबेरअघि निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।
प्रहरीका अनुसार राउतको शरीर ५० प्रतिशतभन्दा बढी जलेको थियो।
राउत बुद्धनगरमा श्रीमती र छोरासहित बस्दै आएका थिए। उनले आत्मदाहको प्रयास गर्नुको कारण भने हालसम्म खुलेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।









