सर्लाही । ईश्वरपुर नगरपालिकाको बयलवासस्थित ईश्वरपुर नगर अस्पतालले करिड रुपैयाँ बराबरका अत्याधुनिक स्वास्थ्य उपकरण तथा सामग्री प्राप्त गरेको छ। हेल्पिङ ह्यान्ड संस्थाको सहयोगमा प्राप्त २१३ प्रकारका उपकरण तथा सामग्रीले नगर अस्पतालको सेवा क्षमता उल्लेखनीय रूपमा विस्तार हुने अपेक्षा गरिएको छ।
उपकरण हस्तान्तरणपछि नगरप्रमुख मनोजकुमार आचार्यले स्वास्थ्य सेवा सुधारलाई नगरपालिकाको उच्च प्राथमिकतामा राख्दै निरन्तर पहल गरिरहेको बताउँदै यस सहयोगलाई नगरको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे। उनले अब सामान्य उपचारका लागि समेत नगरवासीले जिल्ला बाहिर जानुपर्ने अवस्था क्रमशः अन्त्य हुने विश्वास व्यक्त गरे।
उनका अनुसार प्राप्त उपकरणमध्ये तत्काल आवश्यक पर्ने सामग्री ईश्वरपुर नगर अस्पतालमै जडान गरी सञ्चालनमा ल्याइनेछ भने बाँकी उपकरण आवश्यकता र सेवाको प्रकृतिअनुसार नगरभित्रका स्वास्थ्य चौकीहरूमा वितरण गरिनेछ। यसबाट सबै वडाका नागरिकले प्रत्यक्ष लाभ लिन सक्ने नगरपालिकाको अपेक्षा छ।
नगरप्रमुख आचार्यले अस्पतालको भौतिक पूर्वाधार विस्तार, दक्ष जनशक्ति व्यवस्थापन र आधुनिक उपकरणको उपलब्धतामा नगरपालिकाले निरन्तर लगानी गर्दै आएको उल्लेख गर्दै नयाँ उपकरण थपिएसँगै उपचार सेवा अझ प्रभावकारी र गुणस्तरीय बन्ने बताए।
स्वास्थ्य शाखा प्रमुख सुगेन्द्र महतोका अनुसार प्राप्त २१३ प्रकारका सामग्रीमा उपचार, परीक्षण तथा अस्पताल सञ्चालनका लागि आवश्यक विभिन्न स्वास्थ्य उपकरण समावेश छन्। ती उपकरणले बिरामीको उपचारलाई थप सहज, छिटो र प्रभावकारी बनाउने विश्वास गरिएको उनले बताए।
हेल्पिङ ह्यान्डका कार्यक्रम व्यवस्थापक जीवप्रसाद पोखरेलले ग्रामीण क्षेत्रका नागरिकले आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकून् भन्ने उद्देश्यले सहयोग गरिएको बताए। उनले स्वास्थ्य क्षेत्र सुधारमा ईश्वरपुर नगरपालिकाले देखाएको सक्रियता र प्रतिबद्धताले संस्थालाई सहकार्य गर्न प्रेरित गरेको उल्लेख गरे।
नगरपालिकाले यो सहयोगलाई दीर्घकालीन स्वास्थ्य सुधार अभियानको एक महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। आगामी दिनमा नगर अस्पताललाई थप प्रविधिमैत्री, व्यवस्थित र नागरिकमैत्री स्वास्थ्य संस्थाका रूपमा विकास गर्न विभिन्न संघसंस्था तथा दातृ निकायसँग सहकार्यलाई निरन्तरता दिइने नगरप्रमुख आचार्यले जानकारी दिए।
स्थानीयवासीले पनि नगर अस्पतालमा आधुनिक स्वास्थ्य उपकरण भित्रिनुलाई सकारात्मक रूपमा लिँदै यसबाट ईश्वरपुर नगरपालिकासँगै आसपासका स्थानीय तहका नागरिकले समेत गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरेका छन्।नगरप्रमुख आचार्यको पहलमा ईश्वरपुर नगर अस्पताललाई करिब तीन करोडका स्वास्थ्य उपकरण
सर्लाही, ईश्वरपुर । ईश्वरपुर नगरपालिकाको बयलवासस्थित ईश्वरपुर नगर अस्पतालले करिब तीन करोड रुपैयाँ बराबरका अत्याधुनिक स्वास्थ्य उपकरण तथा सामग्री प्राप्त गरेको छ। हेल्पिङ ह्यान्ड संस्थाको सहयोगमा प्राप्त २१३ प्रकारका उपकरण तथा सामग्रीले नगर अस्पतालको सेवा क्षमता उल्लेखनीय रूपमा विस्तार हुने अपेक्षा गरिएको छ।
उपकरण हस्तान्तरणपछि नगरप्रमुख मनोजकुमार आचार्यले स्वास्थ्य सेवा सुधारलाई नगरपालिकाको उच्च प्राथमिकतामा राख्दै निरन्तर पहल गरिरहेको बताउँदै यस सहयोगलाई नगरको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे। उनले अब सामान्य उपचारका लागि समेत नगरवासीले जिल्ला बाहिर जानुपर्ने अवस्था क्रमशः अन्त्य हुने विश्वास व्यक्त गरे।
उनका अनुसार प्राप्त उपकरणमध्ये तत्काल आवश्यक पर्ने सामग्री ईश्वरपुर नगर अस्पतालमै जडान गरी सञ्चालनमा ल्याइनेछ भने बाँकी उपकरण आवश्यकता र सेवाको प्रकृतिअनुसार नगरभित्रका स्वास्थ्य चौकीहरूमा वितरण गरिनेछ। यसबाट सबै वडाका नागरिकले प्रत्यक्ष लाभ लिन सक्ने नगरपालिकाको अपेक्षा छ।
नगरप्रमुख आचार्यले अस्पतालको भौतिक पूर्वाधार विस्तार, दक्ष जनशक्ति व्यवस्थापन र आधुनिक उपकरणको उपलब्धतामा नगरपालिकाले निरन्तर लगानी गर्दै आएको उल्लेख गर्दै नयाँ उपकरण थपिएसँगै उपचार सेवा अझ प्रभावकारी र गुणस्तरीय बन्ने बताए।
स्वास्थ्य शाखा प्रमुख सुगेन्द्र महतोका अनुसार प्राप्त २१३ प्रकारका सामग्रीमा उपचार, परीक्षण तथा अस्पताल सञ्चालनका लागि आवश्यक विभिन्न स्वास्थ्य उपकरण समावेश छन्। ती उपकरणले बिरामीको उपचारलाई थप सहज, छिटो र प्रभावकारी बनाउने विश्वास गरिएको उनले बताए।
हेल्पिङ ह्यान्डका कार्यक्रम व्यवस्थापक जीवप्रसाद पोखरेलले ग्रामीण क्षेत्रका नागरिकले आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकून् भन्ने उद्देश्यले सहयोग गरिएको बताए। उनले स्वास्थ्य क्षेत्र सुधारमा ईश्वरपुर नगरपालिकाले देखाएको सक्रियता र प्रतिबद्धताले संस्थालाई सहकार्य गर्न प्रेरित गरेको उल्लेख गरे।
नगरपालिकाले यो सहयोगलाई दीर्घकालीन स्वास्थ्य सुधार अभियानको एक महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। आगामी दिनमा नगर अस्पताललाई थप प्रविधिमैत्री, व्यवस्थित र नागरिकमैत्री स्वास्थ्य संस्थाका रूपमा विकास गर्न विभिन्न संघसंस्था तथा दातृ निकायसँग सहकार्यलाई निरन्तरता दिइने नगरप्रमुख आचार्यले जानकारी दिए।
स्थानीयवासीले पनि नगर अस्पतालमा आधुनिक स्वास्थ्य उपकरण भित्रिनुलाई सकारात्मक रूपमा लिँदै यसबाट ईश्वरपुर नगरपालिकासँगै आसपासका स्थानीय तहका नागरिकले समेत गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरेका छन्।