बजेट संशोधनको माग गर्दै विपक्षीको विरोध, प्रदेशसभा बैठक प्रभावित


जनकपुरधाम । सरकार र विपक्षी दलबीच सहमति जुट्न नसकेपछि मधेश प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। बजेटमाथिको छलफलका लागि बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी जनता समाजवादी पार्टी ९जसपा० नेपाल र जनमत पार्टीले बजेट संशोधनको माग गर्दै अवरोध गरेपछि संसद सञ्चालन हुन सकेन। सभामुख रामअशिष यादवले आह्वान गरेको सर्वदलीय बैठक पनि सत्तापक्ष र विपक्षका केही नेताको अनुपस्थितिका कारण बस्न सकेन।

बैठकमा जनमत पार्टीका सांसद संजयकुमार यादवले सरकारले एक करोड रुपैयाँभन्दा कमका टुक्रे योजना समेटेर संघीयतामाथि वितृष्णा फैलाउने प्रयास गरेको आरोप लगाए। उनले बजेट संशोधन नभएसम्म सदन चल्न नदिने चेतावनी दिए।

त्यसैगरी, जसपा नेपालका सांसद उपेन्द्र महतोले तीनदलीय गठबन्धन सरकारले संघीयतालाई कमजोर पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाए। उनले मुख्यमन्त्री कृष्णा यादवको गृहजिल्लामा चालु आर्थिक वर्षको रातो किताबमा समावेश नभएका योजनाको समेत १ अर्ब ६६ करोड रुपैयाँ बराबरको ठेक्का प्रक्रिया अघि बढाइएको भन्दै त्यसको वैधानिकतामाथि प्रश्न उठाए।

विपक्षीको निरन्तर अवरोधपछि सभामुखले प्रदेशसभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेका छन्। janakpurtoday


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको