नेपाली कांग्रेसले जस्तो नेतालाई ‘भगवान्’ र ‘बा’ बनाउने गल्ती रास्वपाले नगरोस्: सभापति थापा


चितवन, असार ७ गते । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलले आफ्ना नेतालाई ुभगवान्ु वा ुबाु बनाउने प्रवृत्तिका कारण मुलुकको राजनीतिमा विकृति भित्रिएको टिप्पणी गर्दै नवगठित दललाई त्यस्तो गल्ती नदोहोर्‍याउन सुझाव दिनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को आइतबार चितवनको भरतपुरमा आयोजित प्रथम ऐतिहासिक महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

समारोहमा शुभकामना मन्तव्य राख्दै सभापति थापाले रास्वपाका कार्यकर्ता र महाधिवेशन प्रतिनिधिलाई आफ्ना नेतासँग प्रश्न गर्न सक्ने साहस राख्न आग्रह गर्नुभयो । “सुशासन तपाईँहरूको मुख्य मन्त्र हो,” उहाँले भन्नुभयो, “हामीले विगतमा हाम्रा नेतालाई भगवान् र ुबाु बनाएर गल्ती गरिसक्यौँ । पछि सुधारको प्रयास त गर्‍यौँ, तर निकै ढिला भइसकेको थियो । त्यसैले तपाईँहरूले आफ्नो नेतृत्वलाई सधैँ प्रश्न गर्ने साहस राख्नुहोला ।” उहाँले चितवन सहरभरि रास्वपाको निलो झन्डा फहराएको र चार हजार प्रतिनिधि बसेर देशको भविष्यबारे छलफल गर्न लागेको क्षण सुखद् रहेको भन्दै महाधिवेशनको सफलताको कामना गर्नुभयो ।

नयाँ शक्तिले विगतका सबै उपलब्धिलाई नजरअन्दाज गर्न नहुने भन्दै उहाँले इतिहासको जगलाई भुल्न नहुने प्रष्ट पार्नुभयो । “निलो झन्डा बोकेर विरोध गर्दै गर्दा विगत ३५ वर्षमा देशमा केही पनि भएन भनेर नभनी दिनुहोला,” सभापति थापाले भन्नुभयो, “तपाईँहरू आज जहाँ बस्नुभएको छ, त्यो ठाउँमुनि प्रजातन्त्रका लागि लड्ने सहिदको लाश गाडिएको छ । पञ्चायतविरुद्ध भएको कठोर सङ्घर्षलाई कसैले बिर्सन मिल्दैन । चितवनको भुईँमा एक पटक निलो झन्डा फहराउँदा यहाँको माटोमा लतपतिएको सहिदको रातो रगतलाई पनि स्मरण गर्नुहोला ।”

प्रजातन्त्र र विधिको शासनलाई मन्त्र बनाएर नागरिकलाई डेलिभरी दिनु नै आजको मुख्य दायित्व भएको उहाँको भनाइ थियो । मुलुकको मुख्य शत्रु गरिबी, अज्ञानता, विभेद र अक्षमता भएको चर्चा गर्दै उहाँले जहाँ विधि मिचिन्छ, त्यहाँ नेपाली कांग्रेसले सधैँ सशक्त प्रश्न उठाइरहने प्रष्ट पार्नुभयो । सबै राजनीतिक दलले आ(आफ्नो धर्म र जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेमा मात्र देशको राजनीति दरिलो हुने र संविधानको रक्षा हुनसक्ने उहाँले उल्लेख गर्नुभयो । gorkha patra


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको