रास्वपा महाधिवेशन स्थलको गृहमन्त्री गुरुङद्वारा निरीक्षण


७ असार, चितवन । गृहमन्त्री सुधन गुरुङ ले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम राष्ट्रिय महाधिवेशन स्थलको निरीक्षण गरेका छन्।

आइतबार बिहान चितवन पुगेर गृहमन्त्री गुरुङले महाधिवेशन स्थलको सुरक्षा व्यवस्थालगायत समग्र तयारीबारे जानकारी लिएका हुन्।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा आयोजना हुन लागेको छ। महाधिवेशनमार्फत पार्टीले नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ।

महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री वालेन्द्र शाह समेत सहभागी हुने कार्यक्रम रहेको बताइएको छ।

महाधिवेशनमा देशभरबाट हजारौं प्रतिनिधि तथा नेता–कार्यकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको