राहुल साहको पहलपछि बर्दिबास औद्योगिक क्षेत्र स्थापनाको प्रक्रिया अगाडि बढ्यो


३ असार, काठमाडौँ । महोत्तरीको बर्दिबास क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना गर्ने प्रक्रिया अगाडि बढेको छ। नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखाले यस सम्बन्धमा आवश्यक समन्वय र सहजीकरण गर्न सरोकारवाला निकायहरूलाई अनुरोध गरेको छ।
मन्त्रालयले हालै जारी गरेको आधिकारिक पत्रमार्फत बर्दिबास क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना गर्ने कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउन सम्बन्धित निकाय, स्थानीय तह तथा सरोकारवालाहरूबीच आवश्यक समन्वय र सहजीकरण गरिदिन आग्रह गरेको हो।
पत्रमा भनिएको छ, “महोत्तरी जिल्लाको बर्दिबास क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना गर्ने सम्बन्धमा सम्बन्धित सबै सरोकारवालाहरूले आवश्यक समन्वय र सहजीकरण गरिदिनुहुन अनुरोध छ।”
मधेश प्रदेशकै प्रमुख व्यापारिक तथा रणनीतिक केन्द्रका रूपमा विकास हुँदै गएको बर्दिबासमा औद्योगिक क्षेत्र स्थापना हुन सके यस क्षेत्रको आर्थिक गतिविधि थप विस्तार हुने अपेक्षा गरिएको छ। औद्योगिक क्षेत्र सञ्चालनमा आएपछि स्थानीय स्तरमा रोजगारी सिर्जना हुनुका साथै उत्पादन, लगानी र पूर्वाधार विकासमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
बर्दिबासमा औद्योगिक क्षेत्र स्थापनाको विषयलाई निरन्तर रूपमा उठाउँदै आएका स्थानीय युवा व्यवसायी राहुल साहको पहलपछि मन्त्रालयको ध्यानाकर्षण भएको बताइएको छ। साहले यस विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमक्ष आवश्यक पहल तथा समन्वयका लागि अनुरोध गरेका थिए।
व्यवसायी राहुल साहले बर्दिबासको औद्योगिक सम्भावना अत्यन्त उच्च रहेको बताउँदै भने, “बर्दिबास भौगोलिक, आर्थिक तथा यातायातका दृष्टिले देशकै सम्भावनायुक्त क्षेत्रमध्ये एक हो। यहाँ औद्योगिक क्षेत्र स्थापना गर्न सके हजारौं युवाले रोजगारी पाउने, स्थानीय उत्पादनले बजार पाउने र समग्र मधेश प्रदेशको आर्थिक विकासमा नयाँ आयाम थपिनेछ। यो बर्दिबासको मात्र नभई सम्पूर्ण क्षेत्रको समृद्धिसँग जोडिएको विषय हो।”
उनले औद्योगिक क्षेत्र स्थापनाको कार्यलाई सफल बनाउन संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र तथा अन्य सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको पनि बताए।
स्थानीय व्यवसायी तथा सरोकारवालाहरूले समेत मन्त्रालयको पछिल्लो पहललाई स्वागत गर्दै बर्दिबासलाई औद्योगिक हबका रूपमा विकास गर्ने दिशामा यो महत्त्वपूर्ण कदम भएको बताएका छन्।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

@kwality.mart

#kwalitymart #welcometokwalitymart #bardibas_mahottari #keepvisiting🥰us #keeploving❤

♬ Laugh Laugh Laugh – Vinay Patak


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको