सरकारको लक्ष्य : आगामी वर्ष ७ प्रतिशत आर्थिक वृद्धि, २१ खर्ब २४ अर्बको बजेट सार्वजनिक


१५ जेठ,काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ मा मुलुकको आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । बिहीबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आगामी वर्ष आर्थिक गतिविधिमा सुधार आउने अपेक्षासहित उक्त लक्ष्य निर्धारण गरिएको बताएका हुन् ।

अर्थमन्त्री वाग्लेका अनुसार आगामी आर्थिक वर्षमा मूल्यवृद्धिदर ६ प्रतिशतमुनि कायम राख्ने सरकारको लक्ष्य रहेको छ ।

हाल चालु आर्थिक वर्ष २०८२र८३ मा भने नेपालको आर्थिक वृद्धिदर ३।८५ प्रतिशत रहने राष्ट्रिय तथ्यांक कार्यालयले अनुमान गरेको छ । कमजोर आर्थिक गतिविधि, लगानीमा सुस्तता तथा बजारमा देखिएको मन्दीका कारण चालु वर्ष अपेक्षित आर्थिक वृद्धि हुन नसकेको विश्लेषण गरिएको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि कुल २१ खर्ब २४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको छ । प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब रुपैयाँ विनियोजन गरिएको छ भने पूँजीगत खर्चका लागि ४ खर्ब ३१ अर्ब रुपैयाँ छुट्याइएको छ । त्यसैगरी वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

सरकारले उत्पादन, रोजगारी, पूर्वाधार विकास तथा निजी क्षेत्रको लगानी अभिवृद्धिलाई प्राथमिकतामा राख्दै आगामी वर्ष उच्च आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको