महेन्द्रनगरमा होटल सञ्चालकमाथि सामूहिक कुटपिट, भिडियो भाइरल


कञ्चनपुर – महेन्द्रनगरमा युवाहरूको समूहले होटल सञ्चालकमाथि सामूहिक कुटपिट गरेको घटना सार्वजनिक भएको छ। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

शनिबार राति महेन्द्रनगरको गल्ली नम्बर ४ स्थित होटल ग्राण्ड प्यासिफिकमा भएको घटनामा होटल सञ्चालक किशोर चन्दका भाइ गोविन्द चन्दमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापा का अनुसार तीनदेखि चार जनाको समूहले गोविन्द चन्दसहित होटलका कामदारमाथि पनि आक्रमण गरेको हो। घटनामा संलग्नमध्ये केही व्यक्तिको पहिचान भइसकेको प्रहरीले जनाएको छ।

कुटपिटबाट घाइते भएका गोविन्द चन्दको महाकाली प्रादेशिक अस्पताल मा उपचारपछि डिस्चार्ज गरिएको छ।

प्रहरीका अनुसार घटनामा होटलमा समेत क्षति पुगेको छ। घटनामा संलग्नहरूको खोजी तथा थप अनुसन्धान जारी रहेको जनाइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको