खयरमारा स्वास्थ्य चौकीमा १ दिने अभिमुखीकरण तालिम सम्पन्न


८ जेष्ठ, बर्दिबास – विनय कुमार यादव। बर्दिबास नगरपालिका वडा नं. ११ स्थित खयरमारा स्वास्थ्य चौकीमा समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी समुदायका सरोकारवालाहरूका लागि १ दिने अभिमुखीकरण तालिम कार्यक्रम सम्पन्न भएको छ।

बर्दिबास नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा वडा प्रतिनिधि, शिक्षक-शिक्षिका, स्वास्थ्यकर्मी, पत्रकार, समाजसेवी लगायत स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा खयरमारा स्वास्थ्य चौकीका इन्चार्ज रामबली यादवको विशेष उपस्थिति रहेको थियो भने सुकलाल लामाले परसछिछकको रूपमा सहजीकरण गर्नुभएको थियो।

तालिममा समुदायमा फैलिन सक्ने रोगहरूको पहिचान, समयमै सूचना संकलन, निगरानी तथा नियन्त्रणका उपायबारे जानकारी गराइएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने बताएका छन्।

कार्यक्रमले स्थानीय तहमा रोगको प्रारम्भिक पहिचान र रोकथाममा समुदायको भूमिका अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको