मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत


जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार मधेश प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ।

मधेश प्रदेशमा सत्ता समीकरण फेरिएपछि मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मतका लागि प्रदेशसभामा प्रस्ताव पेश गर्नुभएको थियो।

उक्त प्रस्तावमाथि दलगत छलफलपछि सभामुख रामअशिष यादवले निर्णयार्थ पेश गर्दा पक्षमा ६२ मत र विपक्षमा ३६ मत परेको थियो।

प्रदेशसभामा हाल कायम १०३ सदस्य संख्यामध्ये मुख्यमन्त्री यादवले बहुमत मत प्राप्त गरेपछि सभामुख यादवले उहाँले विश्वासको मत पाएको घोषणा गर्नुभएको हो।

शुक्रबारको बैठकमा कुल १०० जना प्रदेशसभा सदस्य सहभागी भएका थिए। मुख्यमन्त्री यादवको पक्षमा नेकपा एमालेका २४, नेपाली कांग्रेसका २२, नेकपा का १५ तथा नेपाल संघीय समाजवादी पार्टीका १ जना सांसदले मतदान गरेका थिए।

यता, जसपा नेपाल, जनमत पार्टी र राप्रपा नेपालका प्रदेशसभा सदस्यहरूले भने प्रस्तावको विपक्षमा मतदान गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको