मधेश सरकारमा फेरबदलको संकेत, जनमतका दुई मन्त्रीले दिए राजीनामा


जनकपुरधाम। मधेश प्रदेश सरकारमा जनमत पार्टीबाट सहभागी दुई मन्त्रीले राजीनामा दिएका छन्।

अर्थमन्त्री महेशप्रसाद यादव र समाजकल्याण तथा खेलकुद मन्त्री वसन्त कुशवाहाले मुख्यमन्त्री कृष्णप्रसाद यादवको निर्देशनपछि पदबाट राजीनामा बुझाएका हुन्।

जनमत पार्टीले गत वैशाख २१ गते नै सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि दुवै मन्त्री सरकारमै कायम रहेका थिए।

मधेश सरकारमा नेकपा एमालेलाई सहभागी गराउने र जनता समाजवादी पार्टी (जसपा)लाई बाहिर राख्ने तयारी भइरहेका बेला मुख्यमन्त्री यादवले जनमत र जसपाका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका थिए।

जनमतका मन्त्रीहरूले राजीनामा बुझाइसके पनि जसपाका मन्त्रीहरूले भने हालसम्म राजीनामा नदिएको स्रोतले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको