मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ


वीरगञ्ज। मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्।

प्रहरी स्रोतका अनुसार प्रसाईंलाई वीरगञ्जस्थित दियोलो होटलबाट पक्राउ गरिएको हो। उनलाई “माथिको आदेश” भन्दै नियन्त्रणमा लिइएको बताइएको छ।

प्रहरीले पक्राउको पुष्टि गरे पनि कुन आरोप वा कसुरमा पक्राउ गरिएको हो भन्नेबारे आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।

प्रसाईं सोमबार सिमरा विमानस्थल हुँदै वीरगञ्ज पुगेका थिए। उनी मंगलबार वीरगञ्जमा आयोजना हुने कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेको जनाइएको छ।

वीरगञ्ज पुग्ने क्रममा उनले सिमरा विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै वर्तमान सरकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केही सांसदमाथि आलोचनात्मक टिप्पणी गरेका थिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको