जनता मा वि गौरीडाँडामा निर्वाचनद्वारा क्याप्टेन छनौट


बर्दिबास। श्री जनता मा वि गौरीडाँडा बर्दिबास – ३ , महोत्तरीमा शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी विद्यालय क्याप्टेन, सहायक क्याप्टेन र कक्षा क्याप्टेनका लागि यही मिति २०८३ साल जेठ १ गते शुक्रबारका दिन मतदान भएको हो। शैक्षिक सत्रको सुरमा हुने निर्वाचनबाट एक शैक्षिक सत्रको समयावधि रहेको हुन्छ।

मतदानबाट छात्र र छात्रा दुबै तर्फबाट एक एक जना स्कुल क्याप्टेन र एक एक जना सहायक स्कुल क्याप्टेन निर्वाचित हुन्छन् भने प्रत्येक कक्षामा एक जना छात्रा र एक जना छात्र निर्वाचित हुने प्रावधान रहेको छ।

यस शैक्षिक सत्रका लागि छात्रातर्फ स्कुल क्याप्टेनमा कक्षा १० की छात्रा प्रतिष्ठा पौडेल र छात्रतर्फ कक्षा १० का प्रमेश महतो अत्याधिक बहुमतले विजयी भएका छन्।
यसैगरी सहायक स्कुल क्याप्टेन तर्फ छात्रमा कक्षा १० का आहान कुमार महतो र छात्रातर्फ कक्षा ९ की कामिनी कुमारी यादव विजयी भएकी छिन्।

यसैगरी कक्षा क्याप्टेनहरुमा,
१ , कक्षा ४ बाट छात्र आमोश वर्माशाखा र छात्रातर्फ रोनिशा परियार,
२ , कक्षा ५ धौलागिरीबाट छात्र तर्फ थनिस सिंह र छात्रातर्फ सौरभी तामाङ,
३ , कक्षा ५ अन्नपूर्णबाट छात्र तर्फ दिव्यान्स रम्तेल र छात्रातर्फ विविशा दहाल,
४ , कक्षा ६ धौलागिरीबाट छात्र तर्फ सरोज यादव र छात्रातर्फ चन्दनी विश्वकर्मा,
५ , कक्षा ६ अन्नपूर्णबाट छात्र तर्फ अनुप बानियाँ र छात्रातर्फ कलश ब्लोन,
६ , कक्षा ७ धौलागिरीबाट छात्र तर्फ सञ्जय तोलङ्गे र छात्रातर्फ सलिना मगर,
७ , कक्षा ७ अन्नपूर्णबाट छात्र तर्फ गुरु यादव र छात्रातर्फ एन्जल महतो,
८ , कक्षा ८ कञ्चनजङ्घाबाट छात्र तर्फ प्रिन्स चौधरी र छात्रातर्फ सृजल खुलाल मगर,
९ , कक्षा ८ सगरमाथाबाट छात्र तर्फ राहुल यादव र छात्रातर्फ पुष्पाञ्जलि यादव,
१०, कक्षा ८ धौलागिरीबाट छात्रतर्फ धिरज पटेल र छात्रातर्फ ईशा परियार,
११ , कक्षा ८ अन्नपूर्णबाट छात्र तर्फ विकेस सिंह र छात्रातर्फ आशिका यादव विजयी भएका छन्।
१२ , कक्षा ९ प्राविधिकबाट छात्र तर्फ आकाश यादव र छात्रातर्फ आरुषी साह,
१३ , कक्षा ९ कञ्चनजङ्घाबाट छात्र तर्फ अमित महतो र छात्रातर्फ अमृता कुमारी महतो,
१४ , कक्षा ९ सगरमाथाबाट छात्र तर्फ सचिन यादव र छात्रातर्फ सुरुचि ढुङ्गाना,
१५ , कक्षा ९ धौलागिरीबाट छात्र तर्फ पुजन भुजेल र छात्रातर्फ अर्चना राना,
१६ , कक्षा ९ अन्नपूर्णबाट छात्र तर्फ योगेश शर्मा र छात्रातर्फ करुणा कोइराला निर्वाचित भएका छन्।
१७ यसैगरी कक्षा १० प्राविधिकबाट छात्र तर्फ निशान राउत र छात्रातर्फ दुर्गा महतो,
१८, कक्षा १० कञ्चनजङ्घाबाट छात्र तर्फ शशि कुमार यादव र छात्रातर्फ रागिनी हुजेदार,
१९ , कक्षा १० सगरमाथाबाट छात्र तर्फ रायन खड्का र छात्रातर्फ श्वैता पोखरेल,
२० , कक्षा १० , धौलागिरीबाट छात्रतर्फ प्रिन्स कुमार सिंह र छात्रातर्फ पेरिसा तामाङ र
२१ , कक्षा १० अन्नपूर्णबाट छात्रतर्फ बिराज साह र छात्रातर्फ आरती काफ्ले निर्वाचित भएका छन्।

मतदानबाट निर्वाचित विद्यालय क्याप्टेन, सहायक क्याप्टेन तथा कक्षा क्याप्टेनहरुलाई विद्यालयका सहायक प्र अ द्वय महेश ढुङ्गाना र सरिता कार्कीले टीका र खादा लगाएर सम्मान गरेका थिए भने विद्यालयका पूर्व प्र अ तथा समुदाय परिचालक नेत्र बहादुर रम्तेलले ब्याज वितरण गरी पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए। साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

नयाँ निर्वाचित स्कुल क्याप्टेन तथा सहायक स्कुल क्याप्टेनलाई निर्वतमान स्कुल क्याप्टेन रोजिना घिमिरे र समीप शासङ्करले दोसल्ला ओढाएर सम्मान गर्दै सम्पूर्ण सामग्री हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बोल्दै निर्वतमान स्कुल क्याप्टेन रोजिना घिमिरेले आफू निर्वाचित पहिलो क्याप्टेन भएकोले आफूमाथि अवसर र चुनाैती दुबै प्राप्त भएको थियो, त्यसलाई सहज रुपमा सम्पन्न गर्न सफल भएको छु र यो दौरानमा मलाई साथसहयोग गर्नुहुने विद्यालय प्रशासन,गुरुवर्ग,अग्रज दाइ दिदी, प्रिय मित्र जन तथा अनुज भाइबहिनीहरुमा आभार प्रकट गरेकी थिइन्। साथै नव निर्वाचित स्कुल क्याप्टेन र सहायक स्कुल क्याप्टेन तथा कक्षा क्याप्टेनहरुलाई सफल कार्यकालको लागि हार्दिक बधाई तथा शुभकामना प्रकट गरेकी थिइन्। सो विद्यालयकी शिक्षका दीक्षा काफ्लेले सञ्चालन गरेको थिइन्। सो अवसरमा प्रत्रकार राजकरण महतोको पनि उपस्थिति थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको