नेपाल–थाइल्याण्ड सहकार्य : मानव बेचबिखन र साइबर अपराधविरुद्ध छलफल


१ जेठ,काठमाडौँ । थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली र रोयल थाई पुलिसका विशेष कार्यदल प्रमुख प्रहरी महानिर्देशक थचाई पितानीलाबुतबीच बैंककमा भेटवार्ता भएको छ।

भेटमा मानव बेचबिखन, तस्करी, अनलाइन स्क्यामिङ तथा साइबर अपराध नियन्त्रणमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको हो।

दुवै पक्षले मानव तस्करीको बदलिँदो प्रवृत्ति र थाइल्याण्डलाई ट्रान्जिट पोइन्टका रूपमा प्रयोग गर्ने घटनाबारे गम्भीर समीक्षा गरेका छन्। थाई प्रहरी प्रमुखले सूचना प्राप्त हुनासाथ तत्काल कारबाही अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

राजदूत ओलीले थाइल्याण्डमा बेचिएका नेपाली नागरिकहरूको उद्धार र स्वदेश फिर्तीमा थाई प्रहरीको सहयोगप्रति आभार व्यक्त गरे। साथै, अनलाइन स्क्यामिङ र ट्रान्सनेशनल अपराधविरुद्ध संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिइएको छ।

दुवै पक्षले सुरक्षा निकायबीच सूचना आदानप्रदान, गुप्तचरी समन्वय र क्षमता अभिवृद्धि कार्यक्रम विस्तार गर्ने सहमति गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको