काठमाडौं विमानस्थलमा टर्किस एयरलाइन्सको विमानमा आगलागी, सबै यात्रु सुरक्षित


२८ वैशाख, काठमाडौं । त्गचपष्कज ब्ष्चष्लिभक को विमान काठमाडौंमा अवतरण गर्ने क्रममा आगलागी भएको छ । दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०का सूचना अधिकारी ज्ञानेन्द्र भुल का अनुसार विमानमा रहेका सबै यात्रु सुरक्षित रहेका छन् । यात्रुहरुलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको थियो ।

इस्तानबुलबाट काठमाडौं आएको त्प्ठद्दट विमान आज बिहान करिब पौने ७ बजेतिर अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको बताइएको छ । विमानमा चार बच्चासहित २७७ यात्रु सवार थिए ।

उद्धारका क्रममा केही यात्रु सामान्य घाइते भएका छन् । विमानमा केही शव तथा यात्रुका सामानसमेत रहेको जनाइएको छ ।

आगो लागेपछि विमान धावनमार्गमै रोकिएको कारण अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । धावनमार्ग अवरुद्ध हुँदा ठूला अन्तर्राष्ट्रिय जहाजहरुको नियमित उडान तालिकामा असर परेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको