सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ को मृत्यु, १४ घाइते


६ वैशाख, काठमाडौं । सल्यानको बनगाड कुपिण्डे नगरपालिकास्थित पुथालामा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार पछिल्लोपटक ३० वर्षीय मनबहादुर थापाको मेहेलकुनास्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या बढेको हो। यसअघि ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षकै ठगे घर्ती र २९ वर्षीय कर्णबहादुर पुनको घटनास्थलमै मृत्यु भएको थियो। मृतक सबै बनगाड कुपिण्डे नगरपालिका–८ का हुन्।

शनिबार साँझ कालीमाटीको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लु.प्र.०१००१ ज ०२७१ नम्बरको जिप दुर्घटनामा परेको हो। जिपमा १८ जना सवार रहेकामा १४ जना घाइते भएका छन्।

घाइतेहरूलाई उद्धार गरी मेहेलकुना अस्पताल पठाइएको थियो। तीमध्ये ८ जनाको नर्सिङ होम, २ जनाको न्युरो अस्पतालमा उपचार भइरहेको छ भने अन्यलाई थप उपचारका लागि बाँके पठाइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको