काठमाडौं। उपसभामुख निर्वाचित भएकी रुबीकुमारीले श्रम संस्कृति पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन्।
उनले पार्टी अध्यक्ष हर्क साम्पाङ लाई शुक्रबार बुझाएको राजीनामा पत्रमा तटस्थ भूमिकामा रही संविधान र कानूनले तोकेको जिम्मेवारी निर्वाह गर्न पार्टी परित्याग गरेको उल्लेख गरेकी छन्।
शुक्रबार सम्पन्न निर्वाचनमा उनले सरस्वती लामा लाई पराजित गर्दै उपसभामुख पदमा विजय हासिल गरेकी हुन्। सदनमा उपस्थित २५६ सांसदमध्ये २२९ जनाले उनको पक्षमा मतदान गरेका थिए।


















