लागुऔषध जस्तो पदार्थसहित तीन जना पक्राउ


सिरहा। लागुऔषध जस्तो देखिने पदार्थसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

मिति २०८२ चैत २४ गते साँझ करिब ७ बजेको समयमा सिरहा नगरपालिका-१५ बुधौरा स्थित प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०१-००४ प २६८८ नम्बरको मोटरसाइकललाई शंका लागी रोकी चेकजाँच गरेको थियो।

जाँचका क्रममा मोटरसाइकलको ट्याङ्कीको ढकनभित्र लुकाइ राखिएको कालो प्लास्टिकका तीन वटा पोकामा ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। उक्त पदार्थको तौल प्लास्टिकसहित ४ ग्राम ६० मिलिग्राम र प्लास्टिकबाहेक २ ग्राम ५०० मिलिग्राम रहेको बताइएको छ।

प्रहरीले उक्त पदार्थ बरामद गरी मोटरसाइकलमा सवार तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका-३ का १९ वर्षीय अभिषेक मुखिया, गोलबजार नगरपालिका-१२ का १९ वर्षीय अभिषेक मुखिया र सोही स्थानका २१ वर्षीय अरबिन सिंह रहेका छन्।

उनीहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ। मिति २०८२ चैत २५ गते सिरहा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। – DPO Siraha


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको