बर्दिबासमा एसईई परीक्षामा प्रश्न आउट गर्ने तीन जना पक्राउ


बर्दिबास, महोत्तरी। एसईई परीक्षाको गोपनीयता उल्लंघन गर्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार चैत २२ गते बिहान करिब १०:४५ बजे बर्दिबास नगरपालिका-६ चौलीखा र वडा नम्बर १ क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार उनीहरूले विभिन्न परीक्षा केन्द्रमा रहेका विद्यार्थीलाई WhatsApp समूहमा जोडेर प्रश्नपत्र बाहिर ल्याउने तथा मोबाइलमार्फत उत्तर पठाउने र प्रिन्ट गर्ने जस्ता कार्यमा संलग्न रहेका थिए।

पक्राउ पर्नेहरूमा बर्दिबास-२ का ३१ वर्षीय, बर्दिबास-९ पथलैया निवासी १९ वर्षीय र सोनमा गाउँपालिका-५ का ४५ वर्षीय पुरुष रहेका छन्।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ। यस सम्बन्धमा महोत्तरी जिल्ला अदालतबाट शिक्षा सम्बन्धी ऐन २०२८ अन्तर्गत ‘परीक्षाको गोपनीयता भंग’ कसुरमा तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको