सर्लाही। मधेश प्रदेशको सर्लाही जिल्लामा दुई दिदीबहिनी एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन्।
जिल्लाको गोडैता नगरपालिका-५, रामवनस्थित आँपको रुखमा उनीहरू झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रामनगर-६, सिसौटका विनोद दासकी करिब १५ वर्षीया छोरी सङिता कुमारी र उनका दाजु इन्द्रजित दासकी करिब १७ वर्षीया छोरी नगिना कुमारी दास मृत अवस्थामा फेला परेका हुन्।
प्रहरीका प्रवक्ता तथा डीएसपी सरोज राईका अनुसार दुवै किशोरीलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










