झापाको दमकमा करेन्ट लागेर युवकको मृत्यु


झापा। झापाको दमक नगरपालिका-८ सेतुमारी रोडमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा २८ वर्षीय निरोज साह रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार आज बिहान करिब ८ बजेको समयमा आफ्नै किराना पसलबाट नजिकै रहेको घरतर्फ मनोज साह को दुईतले घरको छतबाट सीसीटीभी क्यामेराको तार तान्ने क्रममा तार हाइटेन्सन लाइनमा छोएपछि विद्युत् सर्ट भई करेन्ट लागेको थियो।

गम्भीर घाइते भएका साहलाई उपचारका लागि लाइफ लाइन अस्पताल लगिएकोमा बिहान करिब ९ः२० बजे उपचारकै क्रममा मृत्यु भएको हो।

हाल मृतकको शव सोही अस्पतालमा राखिएको छ भने घटनाबारे इलाका प्रहरी कार्यालय दमक ले थप अनुसन्धान गरिरहेको जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको