सिटी सफारी चालकद्वारा किशोरीमाथि जबरजस्ती करणी, एक पक्राउ


विराटनगर। सिटी सफारीमा यात्रा गरिरहेकी एक किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक चालकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरी रामधुनीका २६ वर्षीय रोशन विश्वकर्मा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरी का डीएसपी चन्द्र खड्का का अनुसार चैत ६ गते साँझ १७ वर्षीया किशोरीलाई धरान क्षेत्रको जंगलमा लगेर कुटपिटसहित जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार पीडित किशोरी धरानबाट मोरङ फर्किन लागेकी थिइन्। उनी भोटेपुल चोकमा गाडी पर्खिरहेको अवस्थामा आरोपितले अन्य सवारी नरोकिने भन्दै बस स्ट्यान्डसम्म पुर्‍याइदिने बहानामा आफ्नो सिटी सफारीमा चढाएका थिए।

तर उनले साकेला पार्क नजिकको जंगल क्षेत्रमा लगेर किशोरीमाथि दुर्व्यवहार गरेको र मोबाइल समेत लुटेको आरोप रहेको प्रहरीले जनाएको छ।

पीडितले दिएको किटानी जाहेरीका आधारमा पक्राउ परेका विश्वकर्माविरुद्ध अपहरण तथा जबरजस्ती करणीसम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

स्रोत: अनलाइन खबर


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको