कतारबाट स्वदेश फर्किन चाहने नेपालीलाई सम्पर्कमा आउन दूतावासको आग्रह


काठमाडौं। कतार बाट स्वदेश फर्किन चाहने नेपाली नागरिकलाई सम्पर्कमा आउन त्यहाँस्थित नेपाली दूतावासले आग्रह गरेको छ।

मध्यपूर्वको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै दोहास्थित नेपाली दूतावास ले शनिबार एक सूचना जारी गर्दै कतारमा रहेका नेपाली नागरिकलाई आवश्यक समन्वयका लागि सम्पर्कमा आउन आग्रह गरेको हो।

दूतावासका अनुसार साउदी अरेबिया को विमानस्थल हुँदै नेपाल फर्किन चाहने वैध आवासीय अनुमति पत्र (कतार आइडी) भएका नेपाली नागरिकले दोहास्थित ताशिर साउदी भिसा केन्द्रमार्फत पर्यटक भिसाका लागि आवेदन दिन ‘अपोइमेन्ट बुक’ गर्नुपर्नेछ।

यसका लागि एजदान मल (अल घराफ) स्थित भिसा केन्द्रको फोन नम्बर ५०६६०६२२ मा सम्पर्क गर्न दूतावासले जानकारी गराएको छ।

दूतावासले आवश्यक परेमा थप जानकारीका लागि पनि आफूहरूसँग सम्पर्कमा रहन कतारमा रहेका नेपाली नागरिकलाई आग्रह गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको