गजल


विकासको लागि चाहिने मुल जरा खोज्दै छु
एकता अनी सांस्कृतिक परम्परा खोज्दै छु।।

राजनीतिक दुर्गन्धले गनहाउँदै छ देशै भरि
स्वाभिमानले ठडिएको धरहरा खोज्दै छु।।

माटो हावापानी बोल्छन अस्तित्वको निम्ति
लेख्न भुलेका गजलका अन्तरा खोज्दै छु।।

प्रकृतिको काखमा उफ्रने मृग सावक सँगै
हिमाली छायाँ छाडी उडेका चरा खोज्दै छु।।

विश्वले आहा भन्ने स्वर्ग सरी नेपाल देशको
उजाडिएको वन पाखा हराभरा खोज्दै छु।।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको