जनता साहित्यिक मञ्च गौरीडाँडाको २३ औँ शृङ्खला सम्पन्न


महोत्तरी। जनता साहित्यिक मञ्च गौरीडाँडा, बर्दिबास-३, महोत्तरीको २३ औँ नियमित साहित्यिक शृङ्खला सम्पन्न भएको छ।

फागुन २९ गते शुक्रबार आयोजित उक्त कार्यक्रम मञ्चका अध्यक्ष प्राची सुवेदीको अध्यक्षता तथा श्री जनता माध्यमिक विद्यालय गौरीडाँडाका पूर्व प्रधानाध्यापक नेत्रबहादुर रम्तेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रम मञ्चको माथिल्लो सदनले आयोजना गरेको थियो।

कार्यक्रमको सञ्चालन मञ्चकी सचिव रेवती कार्की (दिलिसा) ले गरेकी थिइन्। कार्यक्रममा विभिन्न लयका कविता, गीत तथा गजल वाचन गरिएको थियो।

रचना प्रस्तुत गर्नेहरूमा रामनाथ महतो, शोभा घिमिरे, कञ्चन बुर्जा, रितिशा अर्याल, विद्या साह, दिलिसा कार्की, सौरभ शर्मा, रामचन्द्र पौडेल तथा नेत्र रम्तेल रहेका थिए।

कार्यक्रममा बोल्दै अतिथि सौरभ शर्माले साहित्य समाजमा चेतना जगाउने सशक्त माध्यम भएको बताए। उनले समाजमा विद्यमान विभिन्न विभेद अन्त्य गर्न साहित्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै विद्यार्थीहरूलाई पनि साहित्य अध्ययन तथा सिर्जनामा सक्रिय हुन आग्रह गरे।

त्यसैगरी अतिथि रामचन्द्र पौडेलले विद्यार्थी भाइबहिनीलाई साहित्यतर्फ प्रेरित गर्ने उद्देश्यले सञ्चालन गरिएको यो साहित्यिक मञ्चले २३ औँ अङ्क पूरा गरेकोमा खुशी व्यक्त गरे। विभिन्न चुनौती पार गर्दै मञ्चलाई यहाँसम्म ल्याउनु सराहनीय कार्य भएको उनको भनाइ थियो।

प्रमुख अतिथि नेत्रबहादुर रम्तेलले विद्यार्थीहरूको सक्रियतामा सञ्चालित यो साहित्यिक मञ्च आगामी दिनमा अझ गुणात्मक रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष प्राची सुवेदीले कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न बनाउन सहयोग गर्ने प्रमुख अतिथि, अतिथि तथा सम्पूर्ण उपस्थितलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेकी थिइन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको