जलेश्वर कारागारभित्र सतप्रतिशत मतदान सम्पन्न


२१ फागुन, महोत्तरी। जलेश्वर कारागारभित्र स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा सतप्रतिशत मतदान सम्पन्न भएको छ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान ७ बजेर ३० मिनेटमै सम्पन्न भएको हो। कारागारमा जम्मा ३ सय ९१ कैदीबन्दी रहेका भए पनि मतदाता नामावलीमा २१ जनाको नाम समावेश रहेको थियो।

ती सबै २१ जना कैदीबन्दीले मतदान गरेको कारागार प्रमुख तथा मतदान अधिकृत अशोक कुमार क्षेत्रीले जानकारी दिए।

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको