१६ फागुन, काठमाडौं। निर्वाचन आयोगले नेपाल सरकारले जारी गरेको प्रेस पास भएका सञ्चारकर्मीलाई निर्वाचन अवधिमा छुट्टै सवारी पास आवश्यक नपर्ने स्पष्ट पारेको छ।
शनिबार जारी विज्ञप्तिमा आयोगले सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने सवारीसाधनलाई पास आवश्यक नपर्ने जनाएको छ। आयोगले आठ प्रकारका सवारीसाधनलाई यस्तो सुविधा दिइएको सूचीमा राखेको छ, जसको आठौं नम्बरमा प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन पनि समावेश छन्।
तर प्रेस पास भएका सञ्चारकर्मीले आफ्नो सवारीसाधनमा प्रेस पास नभएका अन्य व्यक्तिलाई भने लैजान नपाइने आयोगले स्पष्ट गरेको छ।









