बर्दिबासमा मधेश स्केटिङ तथा स्केटबोर्डिङ एसोसिएसनको तदर्थ समिति गठन


१६ फागुन, बर्दिबास। मधेश स्केटिङ तथा स्केटबोर्डिङ एसोसिएसनको ९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ। शुक्रबार सम्पन्न भेलाले शेरबहादुर पुलामीको अध्यक्षतामा समिति सर्वसम्मत चयन गरेको हो। अब दुई सदस्य मनोनयन भएपछि ११ सदस्यीय समितिले पूर्णता पाउनेछ।

तदर्थ समितिको उपाध्यक्षमा प्रज्वल पौडेल, सचिवमा सविन माइलो, कोषाध्यक्षमा रवीन्द्रकुमार महतो तथा सदस्यहरूमा कैलाशकुमार खत्री, लालबहादुर बुढाथोकी, मन्दीपकुमार विष्ट, रमेश बिक र सविताकुमारी मण्डल रहेका छन्।

कार्यक्रममा नेपाल स्केटिङ तथा स्केटबोर्डिङ एसोसिएसनका केन्द्रीय अध्यक्ष अच्युत खनाल, महासचिव सत्य थापा र प्रमुख प्रशिक्षक दिलीपराज बराल, मधेश खेलकुद परिषदका निर्देशकद्वय प्रभुनारायण सिवाकोटी र भरतप्रसाद यादव तथा नेपाल बेसबल एसोसिएसनका अध्यक्ष दीपक न्यौपानेको उपस्थिति रहेको थियो।

उनीहरूले मधेश प्रदेशमा खेलकुदको विकास र प्रवर्द्धनका लागि यो भेला ऐतिहासिक बन्ने विश्वास व्यक्त गरे।

सोही अवसरमा प्रमुख प्रशिक्षक दिलीपराज बराललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्केटिङ खेलको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो। उनलाई मधेश खेलकुद परिषद्का निर्देशक प्रभुनारायण सिवाकोटीले सम्मानपत्र प्रदान गरेका थिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको