निर्वाचन बहिष्कारको पर्चा बाँड्दै नाराबाजी गर्ने दुई नेता प्यूठानमा पक्राउ


प्यूठान। निर्वाचन बहिष्कारसम्बन्धी पर्चा बाँडेको आरोपमा प्रहरीले क्रान्तिकारी कम्युनिस्ट पार्टीका दुई जना नेतालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज टिकाराम पौडेल र सचिव वीरबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए।

उनका अनुसार ‘चुनाव बहिष्कार गरौं’ लेखिएको पर्चासहित नाराबाजी गरिरहेका बेला प्यूठानको मध्य क्षेत्र टिकुरीबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार निर्वाचन बिथोल्ने उद्देश्यका गतिविधि गरेको पाइएकाले उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेका दुवै जनामाथि निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ अन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

उनीहरूलाई म्याद थपका लागि जिल्ला अदालत प्यूठानमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको