जनकपुरधाम। महोत्तरी जिल्ला ट्राफिक कार्यालयमा कार्यरत चन्द्रकला महतोको टिपरको ठक्करबाट घटनास्थलमै मृत्यु भएको छ।
जनकपुरको विश्वकर्मा चौकमा भएको उक्त दुर्घटनामा महतोलाई टिपरले ठक्कर दिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। ठक्करपछि उनी गम्भीर घाइते भएका थिए र घटनास्थलमै उनको ज्यान गएको बताइएको छ।
हाल उनको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल जनकपुरमा राखिएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न टिपर र चालकबारे पनि अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।










