आचारसंहिता उल्लंघन गर्दै प्रचारमा लागे कारबाही हुने : निर्वाचन आयोग


काठमाडौं। निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिहरू निर्वाचन आचारसंहिता विपरीत हुने गरी राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसारमा सहभागी भएको पाइए कारबाही गरिने जनाएको छ।

स्थानीय तहका केही जनप्रतिनिधिहरू आचारसंहिता उल्लंघन गर्दै प्रचारप्रसारमा संलग्न भएको उजुरी प्राप्त भएको आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिएका छन्।

आयोगले स्थानीय कार्यपालिकाका पदाधिकारीलाई आफू बहाल रहेको स्थानीय तहभित्र कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन स्पष्ट निर्देशन दिएको छ।

आइतबार जारी विज्ञप्तिमार्फत आयोगले सबै स्थानीय तहका जनप्रतिनिधिलाई आफ्नो पदको मर्यादा, तटस्थता र कानुनी दायित्वलाई ध्यानमा राख्दै आचारसंहिता विपरीत हुने कुनै पनि प्रकारका प्रचारात्मक गतिविधिमा संलग्न नहुन आग्रह गरेको हो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको