महोत्तरीमा स्रोत नखुलेको ११ लाख बढी नगदसहित एक युवक पक्राउ


महोत्तरी। महोत्तरीमा स्रोत नखुलेको नगदसहित एकजना पक्राउ परेका छन्। मनरा शिसवा नगरपालिका-३ सोनौल बजारबाट ११ लाख ५१ हजार ३ सय रुपैयाँ नगदसहित सम्सी गाउँपालिका-७ का गौतम साहलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरी र नेपाल प्रहरीको प्रहरी चौकी इटहर्वाटकट्टीबाट खटिएको टोलीले पोखरभिण्डबाट सोनौल बजारतर्फ आउँदै गरेको म.प्र.०२-००९ प १५१७ नम्बरको मोटरसाइकलमा सवार उनलाई बिहीबार उक्त रकमसहित नियन्त्रणमा लिएको जनाएको छ।

बरामद रकमको स्रोत नखुलेपछि उनलाई नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको