रौतहटमा मोटरसाइकल दुर्घटना : श्रीमान-श्रीमतीको मृत्यु


३ फागुन, रौतहट। रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान-श्रीमतीको मृत्यु भएको छ। दुर्गा भगवती गाउँपालिका-४ स्थित गौर-गंगापिप्रा सडकखण्डको झाँझपुल नजिक गंगापिप्राबाट गौरतर्फ जाँदै गरेको बीआर ३० यू १३७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सिसौंको रुखमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक यमुनामाई गाउँपालिका-४ सरुअठ्ठाका २४ वर्षीय जितेन्द्र साह र उनकी २२ वर्षीया श्रीमती पुनम देवी साह गम्भीर घाइते भएका थिए। उनीहरूको टाउको, मुख तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो।

घाइते दुवैलाई तत्काल उपचारका लागि अस्पताल लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको