गौशालामा बिजुलीको पोलमा काम गर्ने क्रममा करेन्ट लाग्दा युवक गम्भीर घाइते


११ हजार भोल्टको तार छोइँदा दुर्घटना, थप उपचारका लागि काठमाडौँ रिफर

२२ माघ, महोत्तरी। महोत्तरीको गौशला नगरपालिका-१२ पररीयामा बिजुलीको पोलमा काम गर्ने क्रममा करेन्ट लाग्दा एक युवक गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार बुधबार दिउँसो करिब २:५५ बजेको समयमा पोलमा चढेर तार जोड्ने क्रममा माथिल्लो ११ हजार भोल्टको विद्युत् तारमा छोइँदा करेन्ट लागेर स्थानीय सोनमा गाउँपालिका-५ खैरबनी निवासी दुखा यादवका छोरा अन्दाजी २५ वर्षीय रञ्जित यादव घाइते भएका हुन्।

घाइते यादवलाई तत्काल उपचारका लागि बर्दिबासस्थित शुभ स्वस्तिक अस्पताल लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख प्रहरी निरीक्षक रमेश लामाले जानकारी दिनुभयो।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको