महोत्तरीमा ४ लाख ८० हजार बराबरको अवैध फुलको टोकरी बरामद


भारतबाट भन्सार छलि ल्याउँदै गरिएको ३२ थान नियन्त्रणमा

२२ माघ, महोत्तरी। जिल्ला महोत्तरीको सोनमा गाउँपालिका-५ स्थित गेरुका खोलाको किनारबाट प्रहरीले भन्सार छलि भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याइँदै गरिएको फुलको टोकरी बरामद गरेको छ।

प्रहरीका अनुसार मिति २०८२/१०/२१ गते साँझ करिब ६ः३० बजे यस कार्यालयबाट खटिएको प्रहरी टोलीले गस्ती तथा चेकजाँच गर्ने क्रममा अवैध रूपमा ल्याइँदै गरिएको फुलको टोकरी ३२ थान बरामद गरेको हो। बरामद गरिएको फुलको टोकरीको अनुमानित मूल्य ४ लाख ८० हजार रुपैयाँ रहेको छ।

भन्सार छलि चोरी पैठारी गरी ल्याइएको उक्त फुलको टोकरी आवश्यक कारबाहीका लागि मिति २०८२/१०/२२ गते जलेश्वर भन्सार कार्यालय, महोत्तरी पठाइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको