बर्दिवास जनता बहुमुखी क्याम्पसमा डिजिटल शिक्षाको सुरुवात


बर्दिबास नगरपालिकाद्वारा स्मार्ट बोर्ड र ल्यापटप हस्तान्तरण

२० माघ बर्दिबास – मिथलेश सिंह। महोत्तरीको बर्दिवास नगरपालिका भित्र सञ्चालित एकमात्र सामुदायिक उच्च शिक्षालय बर्दिवास जनता बहुमुखी क्याम्पसले डिजिटल शिक्षातर्फ महत्वपूर्ण फड्को मारेको छ। बर्दिवास नगरपालिकाले क्याम्पसलाई ६ वटा ल्यापटप र ४ वटा स्मार्ट (डिजिटल) बोर्ड हस्तान्तरण गरेको छ।

नगरपालिकाको आर्थिक सहयोगमा करिब ६ लाख रुपैयाँ बराबरका डिजिटल सामग्री प्रदान गरिएको हो। यसले क्याम्पसको शैक्षिक वातावरण प्रविधिमैत्री बन्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले सामुदायिक क्याम्पस सुदृढ बनाउनु स्थानीय युवाको भविष्य सुरक्षित गर्नु भएको बताए। डिजिटल प्रविधियुक्त शिक्षाले विद्यार्थीलाई समयसापेक्ष ज्ञान दिन सहयोग पुग्ने उनको भनाइ थियो।

नगर प्रवक्ता विजय कुमार महतोले क्याम्पसको शैक्षिक विकासका लागि नगरपालिका र वडा नं. १४ बाट निरन्तर सहयोग हुँदै आएको र आगामी दिनमा पनि सहयोग जारी रहने स्पष्ट पारे।

क्याम्पस अध्यक्ष भरत बहादुर हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख चेत बहादुर खड्का, प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

डिजिटल प्रविधिको प्रवेशसँगै बर्दिवास जनता बहुमुखी क्याम्पसमा अध्ययन-अध्यापनको गुणस्तर थप सुदृढ हुने विश्वास गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको