मोरङ रंगेलीमा श्रीमतीको हत्या पछि युवकद्वारा आत्महत्या


२० माघ, विराटनगर। मोरङको रंगेली नगरपालिका-५ मा एक युवकले श्रीमतीको हत्या गरी आफैंले पनि ज्यान लिएको घटना भएको छ।

प्रहरीका अनुसार मंगलबार बिहान करिब २:४५ बजे रंगेली-५ धनपट्टीस्थित ससुराली घरमा २१ वर्षीय मुकेशकुमार मण्डलले २१ वर्षीया पत्नी अम्बिकाकुमारी मण्डलमाथि चक्कु प्रहार गरेका थिए। घटनामा अम्बिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

श्रीमतीको हत्या पश्चात मुकेशले सोही चक्कु प्रयोग गरी आफैंमाथि पनि प्रहार गरेका थिए, जसबाट उनको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेले जानकारी दिए।

मुकेश रंगेली-५ बहुवनका स्थायी बासिन्दा रहेको र उनी ससुराली घर गएका बेला घटना भएको प्रहरीले जनाएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको