१७ माघ, वीरगंज – अनुराग कुमार यादव। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्रले पर्साका सबै निर्वाचन क्षेत्रमा आफ्ना पार्टीका उम्मेदवार विजयी हुने दाबी गरेका छन्।
सभापति मिश्रका अनुसार पर्सा क्षेत्र नं. १ मा हरि पन्त, क्षेत्र नं. २ मा सुशील साह कानु, क्षेत्र नं. ३ मा रामाकान्त चौरसिया र क्षेत्र नं. ४ मा टेकबहादुर शाक्य रास्वपाका उम्मेदवार रहेका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यी सबै उम्मेदवार विजयी हुनेमा आफू विश्वस्त रहेको उनले बताएका छन्।
उनले भने, “रास्वपाले मधेशी नेता बालेन्द्र साह ‘बालेन’लाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको कारण जिल्लाभर जोश र उत्साहको वातावरण बनेको छ, जसले हाम्रो जित सुनिश्चित गरेको छ।”
सभापति मिश्रको दाबी अनुसार निर्वाचन अभियानका क्रममा रास्वपाका उम्मेदवारहरूले जनताबाट व्यापक समर्थन र सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेका छन्। पार्टीप्रति बढ्दो आकर्षण र जनसमर्थनकै आधारमा पर्साका चारै क्षेत्रमा रास्वपाको जित सुनिश्चित हुने उनको भनाइ छ।









